Rule 6
कर्मचारी अभिलेख फाराम
(१) यो नियमावली नेपाल राजपत्रमा प्रकाशन भएको मितिले पैंतालिस दिन भित्र कर्मचारीले अनुसूची–१ बमोजिमको ढाँचामा तीनप्रति
कर्मचारी अभिलेख फाराम भरी समूहको सबैभन्दा माथिल्लो तहको वरिष्ठतम अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम कर्मचारी अभिलेख फारामसँगसंगै अनुसूची–२ बमोजिमको ढाँचाको शपथ ग्रहण फाराम समेत भरी संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम पेश हुन आएको कर्मचारी अभिलेख फाराम प्राप्त भएको मितिले पन्ध्रदिनभित्र सोही उपनियम बमोजिमको अधिकृतले प्रमाणित गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामान्य प्रशासन मन्त्रालयमा एक एक प्रति
पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको म्यादभित्र कर्मचारी अभिलेख फाराम तथा शपथ ग्रहण फाराम प्राप्त भएका कर्मचारीलाई तलब तथा अन्य सुविधा उपलब्ध गराईनेछ ।